बेल्जियमलाई युरोकपमा पहिलो जित हासिल

काठमाडौं। बेल्जियमले युरोकपमा पहिलो जित हासिल गरेको छ। शनिबार राति सम्पन्न खेलमा बेल्जियमले रोमानियालाई २–० गोलअन्तरले पराजित गरेको हो। जितसँगै समूह ‘ई’ मा रहेको बेल्जियमले तीन अंक जोडेको छ। पहिलो खेलमा बेल्जियम स्लोभाकियासँग १–० गोलअन्तरले पराजित भएको थियो। रोमानियाले भने युक्रेनलाई ३–० गोलले पाखा लगाएको थियो।

यो समूहबाट अन्तिम १६ मा पुग्न चारै टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। यफ चारै टोलीले समान तीन अंक जोडेका छन्। खेलको दोस्रो मिनेटमै रोमेलु लुकाकुको पासमा युरी टिलेम्यान्सको गोलमा बेल्जिमयले सुरुआती अग्रता लिएको थियो। ६३औं मिनेटमा रोमेलु लुकाकुले गरेको गोल भिडियो असिस्टेन रेफ्री (भिएआर)ले मान्यता दिएन। यद्यपि, ८०औं मिनेटमा केभिन डी ब्रुएनाले गोल गर्दै बेल्जियमलाई २–० को जित दिलाए। उनले कोए ल क्यास्टिल्सको पास सदुपयोग गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर