फेवातालमा डुबेर एक युवकको मृत्यु

काठमाडौं ।  पोखरा महानगरपालिका वडा नम्बर २२, चिसापानी भन्ने स्थानमा शुक्रवार साँझ फेवातालमा डुबेर एक युवाको ज्यान गएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ नौ डाँडाका २५ वर्षीय सञ्जय भण्डारीलाई तालबाट उद्धार गरी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
भण्डारीलाई सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तथा गोताखोर टोलीले अचेत अवस्थामा उद्धार गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । पोखरा–६, लेक साइडको क्विन पार्कमा काम गर्ने भण्डारी अरू चार साथीसहित पौडी खेल्न गएका थिए ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएकोमा चिकित्सकले जाँचका क्रममा साँझ साढे ७ बजे मृत घोषणा गरेको अस्पतालका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिए । भण्डारीसँगै पौडी लेख्न गएका बाँकी चार जना सकुशल रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर