पाकिस्तानमा एक पर्यटकको हत्या

काठमाडौं ।  पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा इशनिन्दाको आरोपमा एक पर्यटकको हत्या गरिएको छ । बिहीबार एक भीडले इशनिन्दाको आरोपमा प्रहरी हिरासतमा रहेका पर्यटकलाई जबर्जस्ती प्रहरी चौकीबाट बाहिर ल्याएर हत्या गरेको हो । यसका साथै तोडफोड र हिंसाका क्रममा ११ जना घाइते भएका छन् । घाइते हुनेमा अधिकाश १३ देखि २४ वर्षसम्मका छन् । घटनापछि उक्त क्षेत्रमा शुक्रबार पनि तनावको स्थिति थियो भने ठाउँ ठाउँमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

प्रहरी अधिकारीका अनुसार स्थानीय होटलमा एक पर्यटकले इशनिन्दा गरेको थाहा पाएपछि स्थानीयहरु जम्मा भएका थिए । होटलका कर्मचारीले सूचना दिएपछि प्रहरीले उक्त व्यक्तिलाई प्रहरी चौकी ल्याएको थियो । तर, भीड प्रहरी चौकीमा समेत पुगेर बाहिर निकाली जलाएर हत्या गरेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर