इङ्गल्याण्डमाथि दक्षिण अफ्रिकाको ७ रनको जित

काठमाडौं । आईसीसी टी-२० विश्वकपको सुपर-८ को खेलमा दक्षिण अफ्रिकाले इङ्ल्याण्डमाथि जित हात पारेको छ । ड्यारेन सामी राष्ट्रिय क्रिकेट स्टेडियम, सेन्ट लुसियामा भएको खेलमा दक्षिण अफ्रिकाले  इङ्ल्याण्डलाई ७ रनले पराजित गरेको हो । दक्षिण अफ्रिकाले दिएको १६४ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रन मात्रै बनाउन सक्यो ।

इङ्‌गल्याण्डका लागि ह्यारी ब्रुकले सर्वाधिक ५३ रनको योगदान दिए । ३७ बलको सामना गरेका ब्रुकले ७ चौका प्रहार गरेका थिए । यस्तै, लियाम लिभिङस्टोनले ३३ रन जोड्दा कप्तान जस बट्लरले १७, जोनी बेयरस्टोले १६,  फिल साल्टले ११ र मोइन अलीले ९ रन जोड्दा साम कुरान १० र  जोफ्रा आर्चर १ रनमा नटआउट रहे ।

दक्षिण अफ्रिकाका लागि कगिसो रबाडा र केशव महाराजले समान २-२ तथा ओटनिल बार्टम्यान र एनरिक नोर्टजेले १-१ विकेट लिएका थिए । त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६३ रनको योगफल तयार पारेको थियो । दक्षिण अफ्रिकाका लागि ओपनर क्विन्टन डी ककले सर्वाधिक ६५ रनको योगदान दिए । ३८ बल खेलेका डी ककले ४ चौका र ४ छक्का प्रहार गरे । यस्तै, डेभिड मिलरले ४३, रिजा हेन्ड्रिक्स १९ र ट्रिस्टन स्टब्सले १२ रनको योगदान दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर