भारतमा लोकदर्शन रेग्मी, अमेरिकामा चन्द्र घिमिरे र दक्षिण कोरियामा सुशील प्याकुरेल राजदूतमा सिफारिस

काठमाडौं ।  सरकारले छिमेकी देश भारतको राजदूतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई सिफारिस गरेको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न आठ देशका लागि राजदूत  सिफारिस गरेको हो । अमेरिकाका लागि राजदूतमा चन्द्र घिमिरेलाई सिफारिस गरिएको छ । दक्षिण कोरियाका लागि सुशील प्याकुरेल र डेनमार्कका लागि सुम्निमा तुलाधर सिफारिस भएका छन् ।

त्यसैगरी, स्पेनका लागि पुष्पराज राजकर्णिकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सेना, बेलायतका लागि डा विजन पन्त र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमान राजदूतमा सिफारिस भएका छन् ।

मन्त्रिपरिषद्ले विश्व बैंकबाट प्राप्त हुने ८० मिलियन अमेरिक डलर बराबरको सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेशअन्तर्गतका जिल्लामा भूकम्पपछिको पुनर्निर्माणका लागि बेलायत सरकारबाट प्राप्त हुने ८.१ मिलियन पाउन्ड स्टलिङ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णयसमेत भएको छ । त्यसैगरी मन्त्रिपरिषद्ले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा.राजेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर