अस्ट्रेलियाले बङ्गलादेशलाई डीएलएस पद्धतिबाट हरायो

काठमाडौं ।  आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो चरणको खेलमा अस्ट्रेलियाले बङ्गलादेशलाई ‘डकवर्थ एन्ड लुइस’ (डीएलएस) पद्धतिका आधारमा हराएको छ । आज बिहान भएको खेलमा अस्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले हराएको हो ।

अस्ट्रेलियासँगको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । जितका लागि १ सय ४१ रन पछ्याएको अस्ट्रेलियाले ११ ओभर २ बलमा २ विकेट गुमाएर १ सय रन बनाएपछि खेल वर्षाका कारण प्रभावित भएको थियो । वर्षा नरोकिएपछि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा अस्ट्रेलिया विजयी भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर