भारत भ्रमण कुनै एजेण्डा विशेषमा छलफलमा नगएको प्रधानमन्त्रीको स्पष्टोक्ति

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण कुनै एजेण्डा विशेषमा छलफलमा नगएको स्पष्ट पारेका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएको जानकारी गराएका हुन्। प्रधानमन्त्री प्रचण्डले पहिलो पटक भारतीय प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा कांग्रेस नेता सुशील कोइराला प्रधानमन्त्री हुँदा र दोस्रो पटक एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा र तेस्रो पटक आफू भारतीय नेता मोदीको प्रधानमन्त्री पदको सपथ ग्रहण समारोहमा गएको उल्लेख गरे।

मोदीसँगको भेटमा नेपाल भारतबीच सम्बन्ध अझ प्रभावकारी बनाउने,द्विपक्षीय सम्झौता प्रभावकारी कार्यान्वयन,सीमा लगायत द्विपक्षीय संयन्त्रको बैठक बस्ने लगायतका विषयमा छलफल भएको बताए। भ्रमणले आपसी सद्भाव अभिवृद्धि गर्न सहयोग पुगेको बताए। प्रधानमन्त्री दाहालले गत जेठ २७ र २८ गते भारतको भ्रमण गरेका थिए। यसैगरी सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन सत्रलाई सम्बोधन राष्ट्रपति रामचन्द्र पौडेल जेनेभा प्रस्थान गरेको जानकारी दिए। उनले सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाइनमायेरसँग पनि भेट गरेको र नेपाल भ्रमणको निमन्त्रणा गरेको जानकारी थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर