एमालेका सांसद सूर्य थापाको बचकनापनपछि अभिव्यक्ति डिलिट

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले बोलेको कुरामा सांसदले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद थापाले प्युठान जाने सडक मर्मतसम्भार नहुँदा नागरिकले अपठ्यारो भोग्नुपरेको भन्दै जब राति तब बूढी ताती हुन लागेको भनने अभिव्यक्ति प्रकट गरेका सांसद थापाले उक्त अभिव्यक्तिपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद सुशीला थिङले सो शव्द अमर्यादित र असंसदीय शव्द रहेको भन्दै सदनको रेकर्डबाट हटाउन माग गरिन् । थिङको मागलाई सम्बोधन गर्दै सभामुख देवराज घिमिरेले सो शव्द सदनको रेकर्डबाट हटाउन निर्देशन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर