कर्मचारी आन्दोलनका कारण संसद् बैठक स्थगित

काठमाडौं । अतिरिक्त समयमा काम गरेको प्रोत्साहन भत्तालगायतका माग गर्दै आन्दोलनरत सङ्घीय संसद्का कर्मचारीको आन्दोलनले विनियोजन विधेयकमा विभागीय मन्त्रीले जवाफ दिने कार्यसूची प्रभावित भएको छ । बुधबारदेखि सदनकेन्द्रित आन्दोलन गरेका कर्मचारीले कार्यालय समयपछि वक्ता र सांसदको ‘भिजुअल आउटपुट’ रोकेका थिए ।

सभामुखको मात्र श्रव्यदृश्य बाहिर पठाइएपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखको ध्यानाकर्षण गराउँदै ‘ब्ल्याक आउट’ मा बैठक नचलाउन आग्रह गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले बैठक स्थगन गरे ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नमा दिएको जवाफसमेत आन्दोलनका कारण पूर्ण भएन । प्रतिप्रश्नको जवाफ पूर्ण नहुँदै सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन् । सभामुख घिमिरेले बाँकी जवाफको कार्यसूची अर्को बैठकमा हुने पनि जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर