युरोकप २०२४- जर्मनी विजयी

काठमाडौं । यूईएफए युरोकप २०२४ अन्तर्गत गए राति भएको खेलमा जर्मनीले हङ्गेरीलाई २-० ले पराजित गरेको छ । जर्मनीले पहिलो र दोस्रो हाफमा १/१ गोल गर्दै हङ्गेरीविरुद्ध २-० को जित निकालेको हो । जर्मनीका लागि खेलको २२औँ मिनेटमा जमाल मुसियलाले टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै ६७औँ मिनेटमा लिके गुन्डोगनले गोल गर्दै हङ्गेरीविरुद्ध २-० को जित सुनिश्चित गरे ।

त्यस्तै गए राति नै भएको अर्को खेलमा स्कटल्यान्ड र स्वीट्जरल्यान्ड १-१ गोलको बराबरीमा रोकिएका छन् । स्कटल्यान्डका लागि स्कट मेकटोमिनीले खेलको १३औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, २६औँ मिनेटमा स्विट्जरल्यान्डका जेरडान साकिरीले बराबरी गोल फर्काए । त्यसपछि कुनै गोल हुन नसकेपछि खेल १-१ को बराबरीमा टुंगिएको हो ।

त्यस्तै हिजै भएको अर्को खेलमा क्रोएसिया र अल्बानीया पनि बराबरीमा रोकिएका छन् । अल्बानियाका कजिम लकीले खेलक ११औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, ७४औँ मिनेटमा क्रोएसियाका एन्ड्रिज करमारिकले बराबरी गोल फर्काए । खेलको ७६औँ मिनेटमा क्रोएसियाले पुनः अग्रता लिएको थियो । तर, खेलको इन्जुरी समयमा अल्बानियाले बराबरी गोल फर्काएसँगै खेल २-२ को स्थितिमा टुंगिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर