मौसम : देशका विभिन्न भागमा मध्यम मनसुनी वर्षा

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, मधेस र वाग्मती प्रदेशका थोरै तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो । काठमाडौं उपत्यकामा गए रातिदेखि नै वर्षा भइरहेको छ । कोसी र मधेस प्रदेशमा पूर्णतया बदली छ । वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आन दिउँसो कोसी,  मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । वाग्मती प्रदेशमा मनसुनी प्रणाली अनुकूल रहेको छ । पूर्वी नेपालका केही जिल्लामा अहिले पनि वर्षा भइरहेको छ । सिराहा, उदयपुर, सप्तरी, रौतहट, सर्लाही, धनकुटा, सुनसरी, मोरङ र झापा आसपासको क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर