उत्तर कोरियाको समर्थनको रुस कदर गर्दछ: पुटिन

काठमाडौं । उत्तर कोरियाको भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समकक्षी नेता किम जोङ अन सँग भेटवार्ता गरेका छन् । उनले युक्रेन युद्धलगायतका रुसी नीतिहरूमा उत्तर कोरियाले जनाएको समर्थनको कदर गर्दै यसका लागि उत्तर कोरिया, त्यहाँका जनता र सरकारप्रति नेता पुटिनले धन्यवाद ज्ञापन गरेको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

“युक्रेन मुद्दासहित रुसी नीतिमा यहाँको व्यवस्थित र स्थायी समर्थनको हामी निकै कदर गर्छौं,” उत्तर कोरियाली नेतासँगको बैठकमा पुटिनले भने । प्योङयाङमा आयोजित समारोहपछि पुटिनले ’समानता र पारस्परिक चासोको सम्मानको सिद्धान्तमा आधारित’ द्विपक्षीय सहयोगको घोषणा गरे । “रुस र उत्तर कोरिया धेरै दशकदेखि बलियो मित्रता र घनिष्ठ छिमेकी सम्बन्धमा बाँधिएका छन्”, उनले भने । दुई देशका नेताहरूको बढ्दो घनिष्ठ सम्बन्धले सियोल र वाशिङ्टनका लागि चिन्ता उत्पन्न गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर