दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्ड वरियतामा छैटौं स्थानमा उक्लिए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख खेलाडी दीपेन्द्रसिंह ऐरी टी(२० क्रिकटको अलराउन्डरतर्फ विश्वकै छैटौं वरियतामा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको वरियतामा तीन स्थान सुधार गर्दै ऐरी छैटौं स्थानमा पुगेका हुन् । उनी भारतका अलराउन्डर हार्दिक पाण्डेय, इंग्ल्याण्डका लियाम लिभिङस्टोन र मोइन अलीलाई पछि पार्दै छैटौं स्थानमा उक्लिएको हो।

यो नेपाली खेलाडी पुगेको उच्च वरियता हो। उनी यसअघि ९ औं स्थानमा थिए। विश्वकपमा अलराउन्डर ऐरीले तीन खेलमा ६ विकेट लिएका ऐरीले ब्याटिङतर्फ २६ रन मात्र बनाएको थियो। अलराउन्ड सूचीमा अस्ट्रेलियाका मार्कस स्टोइनिस शीर्ष स्थानमा छन् भने श्रीलंकाका वानिन्दु हसरंगा दोस्रो र बंगलादेशका सकिब अल हसन तेस्रो स्थानमा छन् । चौथो स्थानमा जिम्बाबेका सिकन्दर रजा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर