कर्मचारी आन्दोलनबाट संसद् बैठक प्रभावित

काठमाडौं ।  संघीय संसद सचिवालयका कर्मचारीहरुले प्रोत्साहन भत्ताको माग गर्दै आज पनि संसद भवनमा धर्ना बसेका छन् । उनीहरुको धर्नाका कारण बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको बैठकसञ्चालनमा ढिला भएको छ । कर्मचारीहरूले हिजो पनि संसदका महासचिव पदमप्रसाद पाण्डेको सचिवालय घेराउ गरेका थिए । यसैबीच सभामुख देवराज घिमिरेले बोलाएको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ। आजको प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजन बजेटमाथि छलफल हुने कार्यसूचीमा उल्लेख छ। यसैगरी बैठकमा विभिन्न मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ खर्च कटौतीको प्रस्ताव पेश हुने कार्यसूची छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर