किसानद्वारा दूधको भुक्तानी माग गर्दै विरोध प्रदर्शन

काठमाडौं ।  दूधको भुक्तानी  माग गर्दै किसानले विरोध प्रदर्शन गरेका छन् । दूधको भुक्तानी तत्काल दिन माग गर्दै आज उनीहरुले दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय लैनचौरमा घेराउ गरेका हुन् । उनीहरुले दुग्ध उत्पादक कृषकहरुले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरुबाट लामो समयदेखि दूधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् । विरोध  प्रदर्शनका क्रममा ३४ जना किसानलाई प्रहरीले पक्राउ गरेको छ । भुक्तानीलगायत विभिन्न मागसहित पटक पटक गरेको सम्झौता/सहमति  कार्यान्वयन नभएको किसानको गुनासो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर