यो जितसँगै जारी युरोकपमा पोर्चुगलले तीन अंक हासिल गर्दै समूह डी को दोस्रो स्थानमा छ। समान खेलबाट समान अंक रहेको टर्की शीर्ष स्थानमा छ।
गएति नै नै भएको खेलमा पहिलो पटक युरो कपमा सहभागिता जनाइरहेको जर्जियालाई टर्कीले ३–१ गोलले पराजित गरेको हो। २५औं मिनेटमा मर्ट मल्डरको उत्कृष्ट भली प्रहारमा टर्कीले खेलमा अग्रता लिएको थियो। तर जर्जियालाई बराबरी गर्न धेरै समय लागेन। ३२औं मिनेटमा जर्जेस मिकाउताड्जेले जर्जियाका लागि बराबरी गरे। ६५औं मिनेटमा टर्की पुनः अग्रतामा गएको गोल उत्कृष्ट नै रहेको थियो। टर्कीले इन्ज्युरी समयको अन्तिमतिर गोल गर्दै जित सुनिश्चित गर्यो।