६० किलो सुन प्रकरण : टासी नामक एक चिनियाँ पक्राउ

काठमाडौं । ब्रेक सु-६० किलो सुन तस्करीसँग जोडिएका थप एक चिनियाँ पक्राउ परेका छन् ।​ तिब्बतीयन मूलका गंगा टासी नामक चिनियाँलाई बौद्धबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता एसपी होविन्द्र बोगटीले बताएएका छन् ।
बोगटीका अनुसार उनको साथबाट २६ लाख नगद र ६ राउन्ड गोली बरामद भएको छ । चिनियाँ पासपोर्ट बोक्ने उनको साथमा नेपाली नागरिकता र ड्राइभिङ लाइसेन्ससमेत बरामद बोगटीले बताए । टासी चीनबाट सुन ओसार्ने काममा संलग्न भएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर