कर्मचारीद्वारा संसदका महासचिव घेराउ

काठमाडौं । संघीय संसद् सचिवालयका कर्मचारीहरुले आज मंगलबार संसदका महासचिवको कार्यकक्ष घेराउ गरेका छन् । संसद् भवन नयाँ बानेश्वरस्थित संसदका महासचिव पद्यप्रसाद पाण्डेको कार्यकक्ष घेराउ गर्दै उनीले संसदमा अतिरिक्त समयमा काम गरेबापतको सेवा सुविधा व्यवस्था गर्न माग गरेका हुन् । यसअघि सांकेतिक रूपमा कर्मचारीहरुले आन्दोलनका क्रममा हातमा कालोपट्टीसमेत बाँधेर विरोध जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर