बिष्टको हत्याको आरोपमा दुईजना पक्राउ

काठमाडौं । तीन दिनदेखि बेपत्ता बैतडीको पाटन नगरपालिका-६ का वीरभान सिंह विष्टको हत्या भएको खुलेको छ। उनको हत्यामा ४ जना संलग्न भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक दीपक गिरिले वीरभानको हत्यामा सोही ठाउँकी शिक्षिका भागरथी विष्ट र अन्य तीन जना युवाहरूको संलग्नता रहेको बताएका छन्। प्रहरीले हत्याको आरोपमा शिक्षिका भागरथी विष्ट र सोही ठाउँका २० वर्षका किशोर भट्टराई र १९ वर्षका राजेन्द्र भट्टराईलाई पक्राउ गरेको जनाएको छ।

५१ वर्षीय वीरभान विष्ट असार १ गतेदेखि बेपत्ता थिए। उनका आफन्तले सोमबारमात्रै प्रहरीमा उनी बेपत्ता भएको खबर गरेका थिए। आफन्तको उजुरीका आधारमा पक्राउ परेकी शिक्षिका भागरथीले दिएको प्रारम्भिक बयानका आधारमा प्रहरीले वीरभानको शव पनि फेला पारेको छ। हत्यामा संलग्न तीन जनामध्ये २ जना युवकहरू पक्राउ परेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर