सिम्रिक एअरको हेलिकोप्टर म्याग्दीको बेनीमा आकस्मिक अवतरण

काठमाडौं । खराब मौसमका कारणले गर्दा मुक्तिनाथदेखि काठमाडौंका लागि उडेको सिम्रिक एअरको हेलिकोप्टर म्याग्दीको बेनीमा आकस्मिक अवतरण गरिएको छ ।

एन एएलटि कलसाइनको हेलिकोप्टर भारतीय ६ जना धार्मिक पर्यटक लिएर काठमाडौंदेखि चार्टर्ड उडानमा मुक्तिनाथ पुगेर फर्कने समयमा मौसम खराब भएकोले बेनीमा इमर्जेन्सी ल्यान्ड गरिएको हेलिकोप्टरका चालक विमल सापकोटाले बताए ।

६ जना पर्यटक लिएर मुक्तिनाथ दर्शनका लागि पुगेको र फर्कँदा पुनहिलतर्फबाट जान नसकेको हुँदा कालीगण्डकीको मार्गहुँदै आएको र दुई किलोमिटरभन्दा पनि कम भिजिबिलिटी भएकोले बेनीमा ल्यान्ड गरेको सापकोटाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर