नेपाल-अमेरिका फिल्म फेस्टिभलमा नवीन र दयाहाङ सहभागी हुने

काठमाडौं । नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई सहभागी हुने भएका छन् । फेस्टिभलमा नवीनको निर्देशन र दयाहाङको अभिनय रहेको चलचित्र ‘गाउँ आएको बाटो’को ओपनिङ स्क्रिनिङ हुँदै छ ।

रेडकार्पेट प्रिमियरमा निर्देशक सुब्बा र अभिनेता राई सहभागी हुन लागेका हुन् । आमोद राईले निर्माण गरेको चलचित्रमा दयाहाङसँगै पशुपति राई र बाल कलाकार प्रसन राईको अभिनय छ । गाउँमा सडक पुगेपछि त्यसले बाबुछोराको सम्बन्धमा ल्याउने उतारचढाव सिनेमाको कथा हो ।

फेस्टिभल समापन चलचित्रको रुपमा ‘द रेड सुटकेस’ स्क्रिनिङ हुनेछ । मेरिल्यान्ड राज्यमा जुन २० देखि २३ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरि ३५ फिल्म स्क्रिनिङ हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर