टी–२० विश्वकप : पाकिस्तान विजयी

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले हराएको छ। गएराति भएको खेलमा आयरल्यान्डले दिएको १ सय ७ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्‍याे। कप्तान बाबर आजमले सर्वाधिक ३२ रन बनाए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले  निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो । उसका ग्यारेथ डेलानीले सर्वाधिक ३१ रन बनाए । समूह ‘ए’ मा पाकिस्तान ४ खेलमा ४ अङ्कका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । यो समूहबाट भारत र आयोजक अमेरिका यसअघि नै सुपर आठमा पुगिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर