सहकारी संसदीय छानबिन विशेष समितिको कार्यविधि तयार

काठमाडौं । सहकारीको रकम अपचलन गरेको सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको कार्यविधि तयार भएको छ । सिंहदरबारमा आइतबार बसेको समितिको बैठकले कार्यादेश निर्माणका लागि गठित समितिका सदस्यहरूसँग समेत छलफल गरी सो कार्यविधि तयार पारेको हो । सहकारी छानबिनसम्बन्धी कार्यादेश निर्माणमा संलग्न सांसदहरू महेश बर्तौला, हितराज पाण्डे, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियारसँग पनि आवश्यक छलफल गरी बैठकले आफ्नो कार्यविधि पारित गरेको समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

त्यसैगरी बैठकले आफ्नो कामलाई अघि बढाउनका लागि कार्यसूचीहरू पनि तय गरेको छ । संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसहितका निकायहरूसँग छलफल गर्ने र आजको सहकारीको समस्याको बारेमा, बचत अपचलन, दुरुपयोगको बारेमा र समग्र अवस्थितिको बारेमा जानकारी लिने र त्यस आधारमा अरु सूचना, तथ्यहरू लिने कामहरु पनि गर्ने गरी कार्यसूची पनि बैठकले तय गरेको समितिले जनाएको छ । समितिले भदौको तेस्रो सातासम्म काम सक्ने गरी लक्ष्यसहित कार्यतालिका बनाइएको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर