मेयर बालेनको मनोमालिन्यविरुद्ध नगरसभा बैठक वहिष्कार

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यपालिका सदस्यहरूले नगरसभा बैठक बहिष्कार गरेका छन्। आइतबार बिहान बसेको कार्यपालिका बैठकमा उपस्थित सदस्यहरूले बैठक बहिष्कार गरेपछि नगरसभाको १५ औँ बैठक स्थगित गरिएको छ।

मेयर बालेन्द्र साह (बालेन) ले आगामी असार १० गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए। बैठक सुरु हुनासाथ मेयर साहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे बोल्न चाहनेलाई ५ मिनेटको सयम दिएका थिए। लगत्तै कार्यपालिका सदस्यहरू बैठक छाडेर हिँडेका हुन्।

कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेपछि मेयर साहले आगामी असार १० गते ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्। बैठक स्थगित भएसँगै सामाजिक सञ्जालबाट मेयर बालेनले आक्रोशित हुँदै कांग्रेस–एमालेको धङधङी बोकेर नगरसभा बैठकमा नआउन चेतावनीसमेत दिएका छन्। मेयर साहले सामाजिक सञ्जालमार्फत ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको बताए । ‘काठमाडौँ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन,’ उनले भनेका छन्, ‘जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।’ ‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चैँ त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौँ महानगर पालिकाले गर्दैन,’ उनले भने, ‘काठमाडौँ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर