पेट्रोलियम पदार्थको मूल्यमा कटौती

काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । पेट्रोलमा लिटरको तीन र डिजेल तथा मट्टितेलमा लिटरको एक रुपैयाँले भाउ घटेको हो । अब पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा लिटरको एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा एक सय ६४ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा एक सय ६५ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गअन्तर्गतका ठाउँमा एक सय ४० रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत एक सय ५१ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत एक ५२ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।  एलपी ग्यास र हवाई इन्धनको भाउ भने यथावत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर