आज काठमाडौंमा सर्वाधिक गर्मी, अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस मापन

काठमाडौं । आज शनिबार काठमाडौं उपत्यकामा सर्वाधिक गर्मीको महसुस गरिएको । आज काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस मान गरिएको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आजको दिन काठमाडौंको अधिकतम तापक्रम यो वर्षकै बढी हो । यस वर्ष मापन गरिएमध्ये यो उच्च तापक्रम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ‘काठमाडौंमा यो वर्ष यो तापक्रम अहिलेसम्म उच्च हो,’ महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । काठमाडौंमा यो वर्ष यसअघिको उच्च तापक्रम गएको जेठ २८, १७ र जेठ ११ गते समान ३४.४ डिग्री सेल्सियस मापन गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर