जितका अतिरिक्त न्यूजिल्यान्ड सुपर-८ मा पुग्न असफल

काठमाडौं । आइसिसी टि–ट्वाइन्टी विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले युगाण्डालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ। वेस्ट इन्डिजको ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा सम्पन्न खेलमा न्यूजिल्यान्डले युगाण्डालाई नौ विकेटले पराजित गर्दै विश्वकपमा पहिलो जित दर्ता गराएको हो।
जितसँगै समूह ‘सी’मा रहेको न्यूजिल्यान्डले तीन खेलमा २ अङ्क जोडेको छ। चार खेले खेलेको युगाण्डाको २ अंक छ। युगाण्डाले प्रस्तुत गरेको ४१ रनको सामान्य लक्ष्य पछ्याएको न्यूजिल्यान्डले पाँच दशमलव दुई ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। न्यूजिल्यान्डका लागि डिभोन कन्वेले अविजित २२ रन बनाए। त्यस्तै फिनन् अल्लेनले ९ रन जोड्दा रचिन अभिन्द्र एक रनमा अविजित रहे । बलिङतर्फ युगाण्डाका रियाजत अली शाहले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युगाण्डाले १८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ४० रनको योगफल बनाएको थियो। युगाण्डाका लागि केनथ वाइस्वाले सर्वाधिक ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । युगाण्डालाई सस्तैमा समेट्ने क्रममा न्यूजिल्यान्डका टिम साउथीले तीन विकेट लिए भने ट्रेन्ट बोल्ट, मिचेल स्यान्टनर र रचिन रविन्द्रले समान दुई/दुई विकेट लिए । त्यस्तै लोकी फर्गुसनले १ विकेट लिए। जितका अतिरिक्त न्यूजिल्यान्ड अन्तिम आठमा पुग्न असफल भएको छ।