बझाङमा पाँच मिनेटको फरकमा भूकम्पको दुई धक्का महसुस

काठमाडौं । बझाङमा पाँच मिनेटको फरकमा दुई भूकम्पको धक्का महसुस भएको छ। हिजो शुक्रबार राति ११ बजेर २५ मिनेटमा बझाङको सुर्मा आसपास केन्द्रबिन्दु भई ३ दशमलव ७ रेक्टर स्केलको पहिलो भूकम्प गएको थियो। त्यसको पाँच मिनेटपछि सोही ठाउँ केन्द्रबिन्दु बनाई ११ बजेर ३० मिनेटको समयमा ३ दशमलव ६ रेक्टर स्केलको अर्को भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम बढिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर