आजदेखि पशुपतिनाथ मन्दिरको चारै ढोका खुला

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको निर्णयअनुसार आज असार १ गतेदेखि भक्तजनको सहजताका लागि बिहान चारबजेदेखि नै पशुपतिनाथ मन्दिरको चारै ढोका खुला गरिएको छ । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिनाथको चारवटै ढोका खोलिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।
यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८ः३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिने गरिएको थियो । यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर