पाकिस्तान रेड जोनमा : अमेरिका सुपर-८ मा पक्का

काठमाडौं । टी–२० विश्वकपमा अमेरिका र आयरल्याण्डको खेल वर्षाका कारण रद्द भएको छ । दुवै टोलीले एक–एक अङ्क पाएका छन् । समूह ‘ए’ बाट आयोजक अमेरिकी टोली सुपर–८ मा छनोट भएको छ भने २००९ को च्याम्पियन पाकिस्तान लिग चरणबाटै बाहिरिएको छ । सुपर ८ मा पुगेर अमेरिकाले सन् २०२६ मा भारत र श्रीलंकाको आयोजनामा ​​हुने टी-२० विश्वकपका लागि पनि छनोट भएको छ । शुक्रबार राति ८ बजेबाट फ्लोरिडाको लडरहिलमा खेल्ने भनिएपनि खेलअघि नै पानी पर्न थाल्यो । केही बेर वर्षा रोकिएपछि अम्पायरले तीन पटक मैदानको निरीक्षण गरेका थिए । अन्ततः आउटफिल्ड भिजेको कारण खेल रद्द गर्ने निर्णय गरियो। अमेरिकाले एक अङ्क जोड्दै टोलीको कुल ५ अङ्क भएको छ । अमेरिकाको सुपर–८ मा स्थान पक्का  छ । पाकिस्तानले अर्को खेल जितेर पनि ४ अङ्क मात्र पुर्‍याउन सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर