दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ : जित्नलाई ११६ रनको आवश्यकता

काठमाडौं । टी–२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपालले कसिलो बलिङ गरेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले दक्षिण अफ्रिकालाई निर्धारित २० ओभरमा सात विकेट लिएर ११५ रनमै रोकेको हो । नेपालले अब जितका लागि ११६ रन बनाउनुपर्ने छ । दक्षिण अफ्रिकाका लागि रिजा हेन्डरिक्सले ४३ रन बनाए । ट्रिस्टन्स स्टुब्सले २७, आडन माक्रमले १५ रन बनाए । क्वीनटन डिकक १०, हेनरिच क्लासेन ३ र डेविट मिर ७ रनमा आउट भए । ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए । कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल र सन्दीप लामिछानेले सानदार बलिङ गरे । भुर्तेलले चार तथा ऐरीले तीन विकेट लिए । ४ ओभर बलिङ गर्दै भुर्तेलले १९ रनमात्र दिए । त्यस्तै, ऐरीले ४ ओभर बलिङ गर्दै मात्र २१ रन खर्चिए । यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन् ।

वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा शनिबार बिहान नेपालले टस जितेर दक्षिण अफ्रिकालाई पहिले ब्याटिङको निम्तो दिएको थियो । नेपाल र दक्षिण अफ्रिका पहिलो पटक आमनेसामने भएका हुन् । नेपाललाई अन्तिम आठमा स्थान बनाउन दक्षिण अफ्रिकाविरुद्धको आजको खेल जित्नैपर्ने दबाब छ । दक्षिण अफ्रिका भने समूह ‘डी’बाट सुपर आठमा पुगिसकेको छ ।

दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन वटै खेलमा जीत हासिल गरेको थियो । उसले श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्डसलाई पराजित गर्दै एक खेल अगावै सुपर आठमा पुगेको हो । त्यस्तै नेपालले यसअघि खेलेका दुईमध्ये एकमा हार तथा एउटामा बराबरी खेलेको थियो । नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग पराजित भएको थियो भने श्रीलङ्का विरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द हुँदा दुवै टोलीले एक/एक अङ्क बाँडेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर