११ वाणिज्य बैंकहरुले असारका लागि ब्याजदर घटाए

काठमाडौं । असार महिनाका लागि ११ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । ३ वटा वाणिज्य बैंकको भने असार महिनाका लागि ब्याजदर सामान्य वृद्धि भएको छ । ब्याजदर घटेसँगै वाणिज्य बैंकहरुको ब्याजदर औसतमा ०.१२ प्रतिशतले घटेको छ । असारमा व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर ६.८६ र संस्थागत निक्षेपतर्फ ५.६५ प्रतिशत कायम भएको छ । जेठमा व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर ६.९९ र स‌ंस्थागततर्फ ५.७९ प्रतिशत रहेको थियो ।

असार महिनामा एभरेष्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम कर्मसिलय बैंक र नेपाल बैंकले ब्याजदर घटाएका छन् । यसैगरी कुमारी बैंक, सानीमा बैंक, सिटिजन्स बैंक, एनएमबी बैंक र एनआईसी बैंकको ब्याजदर पनि घटेको छ । असारमा एभरेष्ट बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम् ब्याजदर ५.७५ र संस्थागत मुद्दति निक्षेपमा ४.७५ प्रतिशत ब्याजदर कायम भएको छ । जेठमा व्यक्तिगततर्फ ५.६६ र संस्थागततर्फ ४.१ प्रतिशत ब्याजदर रहेको थियो ।

राष्ट्रिय बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम् ब्याजदर ६.२२ र संस्थागत मुद्दति निक्षेपमा ५.२ प्रतिशत ब्याजदर कायम भएको छ । जेठमा व्यक्तिगततर्फ ६.४ र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर रहेको थियो । नेपाल एसबीआई बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम् ब्याजदर ६.३ र संस्थागत मुद्दति निक्षेपमा ५.३ प्रतिशत ब्याजदर कायम भएको छ । जेठमा व्यक्तिगततर्फ ६.३९ र संस्थागततर्फ ५.३९ प्रतिशत ब्याजदर रहेको थियो ।

ग्लोबल आईएमई बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम् ब्याजदर ६.५ र संस्थागत मुद्दति निक्षेपमा ५.५ प्रतिशत ब्याजदर कायम भएको छ । जेठमा व्यक्तिगततर्फ ७.५ र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर रहेको थियो । लक्ष्मी सनराइज बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम् ब्याजदर ६.५ र संस्थागत मुद्दति निक्षेपमा ५.५ प्रतिशत ब्याजदर कायम भएको छ । जेठमा व्यक्तिगततर्फ ७ र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर रहेको थियो । प्राइम कमर्सियल बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम् ब्याजदर ७ र संस्थागत मुद्दति निक्षेपमा ६ प्रतिशत ब्याजदर कायम भएको छ । जेठमा व्यक्तिगततर्फ ६.७५ र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर रहेको थियो ।

यस्तै कुमारी बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम् ब्याजदर ६.७६ र संस्थागत मुद्दति निक्षेपमा ५.६१ प्रतिशत ब्याजदर कायम भएको छ । जेठमा व्यक्तिगततर्फ ७.२६ र संस्थागततर्फ ६.२६ प्रतिशत ब्याजदर रहेको थियो । सानीमा बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम् ब्याजदर ६.८ र संस्थागत मुद्दति निक्षेपमा ५.८ प्रतिशत ब्याजदर कायम भएको छ । जेठमा व्यक्तिगततर्फ ६.९ र संस्थागततर्फ ५.९ प्रतिशत ब्याजदर रहेको थियो ।

सिटिजन्स बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम् ब्याजदर ६.९ र संस्थागत मुद्दति निक्षेपमा ५.९ प्रतिशत ब्याजदर कायम भएको छ । जेठमा व्यक्तिगततर्फ ७ र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर रहेको थियो । यसैगरी एनएमबी बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम् ब्याजदर ७.६९ र संस्थागत मुद्दति निक्षेपमा ६.६६ प्रतिशत ब्याजदर कायम भएको छ । जेठमा व्यक्तिगततर्फ ७.८ र संस्थागततर्फ ६.८ प्रतिशत ब्याजदर रहेको थियो ।

असार महिनाका लागि नबील बैंक, माछापुच्छ्रे बैंक र हिमालयन बैंकले भने ब्याजदर बढाएका छन् । नबील बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम् ब्याजदर ७ र संस्थागत मुद्दति निक्षेपमा ६ प्रतिशत ब्याजदर कायम भएको छ । जेठमा व्यक्तिगततर्फ ६.७५ र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर रहेको थियो । माछापुच्छ्रे बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम् ब्याजदर ७.५ र संस्थागत मुद्दति निक्षेपमा ५.७५ प्रतिशत ब्याजदर कायम भएको छ । जेठमा व्यक्तिगततर्फ ७.२५ र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर रहेको थियो ।

हिमालय बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम् ब्याजदर ८.२५ र संस्थागत मुद्दति निक्षेपमा ७ प्रतिशत ब्याजदर कायम भएको छ । जेठमा व्यक्तिगततर्फ ७.५ र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर रहेको थियो । असारमा कृषि विकास बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र प्रभु बैंकको ब्याजदर भने स्थिर रहेको छ । उनीहरुले जेठ महिनाकै ब्याजदर यथावत राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर