रातो मत्स्येन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मत्स्येन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ । हाल मत्स्येन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ ।

पुल्चोकमा रथारोहण गरी सुरु भएको रथयात्रा ललितपुरको गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घुमाइएर थती टोलमा राखिएको छ । गत वर्षको जात्रा ३५ दिनमा सकिए पनि यो वर्षको जात्रा पात्रोअनुसार तीन महिनापछि समापन हुनेछ । साउन १७ गते थतीटोलबाट रथ तानेर जावलाखेल चोकमा पुर्‍याएमा २० गते भोटोजात्रा हुन्छ । यदि रथ जावलाखेल पुग्न दुई दिन लागेमा २१ गते भोटोजात्रा हुनेछ ।

ललितपुरमा हरेक वर्ष हुने रातो मत्स्येन्द्रनाथको रथजात्रा काठमाडौं उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा जानिन्छ । यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको हो । रथयात्रा ललितपुरको गाःबहाल, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेल चोक ललितमण्डपमा टुङ्ग्याइन्छ । यस वर्षको रथयात्राको क्रममा रथमा केही समस्या देखिएपछि मर्मत गरेर पुनः सञ्चालनमा ल्याएको थियो । यो वर्षको रथयात्रामा खलपानेजुको रूपमा निमराज शाक्य रहेका छ भने जलपानेजुको रूपमा सम्पूर्ण शाक्य छन् । रथको सुरक्षाका लागि नेपाल प्रहरी खटिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर