बस-कार ठोक्किँदा कारमा सवार पाँच जना घाइते

काठमाडौं । नेपालगन्जबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस कारसँग ठोक्किँदा त्रिशूली नदी किनारमा खसेको छ। पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक शुक्रबार बिहान भे १ ख ४०६० नम्बरको बस काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश (२-०३९ च ३७२) नम्बरको कारसँग ठोक्किएको हो। कारलाई जोगाउन खोज्दा बस नदी किनारमा खसेको प्रत्यक्षदर्शीले बताए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, गजुरीका अनुसार कारमा सवार पाँच जना गम्भीर घाइते छन्। बसमा ४५ जना यात्रु सवार थिए। सबै यात्रीको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले बताए। कारमा सवार सबै गम्भीर घाइते भएकाले उपचारका लागि चितवन लगिएको छ। बसमा सवार सबै यात्रु भने सकुशल रहेकाले गन्तव्यतिर लागेको श्रेष्ठले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर