आज शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । आज शुक्रबार छापावाल सुनको मूल्यमा गिरवट आएको छ । हिजो बिहीबार प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सयले घटेको हो । आज सुन प्रतितोला एक लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको पनि प्रतितोला १ लाख ४० हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला १८ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
प्रतिक्रिया