काठमाडौंको बिहानको न्यूनतम तापक्रम २३.२, यो वर्षकै बढी गर्मी

काठमाडौ । केही दिन यता देशभरको तापक्रम बढ्ने क्रम जारी छ । कोशी प्रदेशमा सीमित रहेको यस वर्षको मनसुन सक्रिय नहुनाले देशभरको अधिकतम तापक्रम बढ्दै गएको हो । यसै सिलसिलामा आज शुक्रबार बिहान ५:४५ बजेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २३.२ डिग्री सेल्सियस रेकर्ड भएको छ । यो रेकर्ड यो वर्षकै सबैभन्दा बढी भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो बिहीबार बिहानको यही समयमा उपत्यकाको न्यूनतम तापक्रम २२.२ डिग्री सेल्सियस थियो। आज शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। यस्तै महाशाखाले आज अपराह्नसम्म काठमाडौंमा हल्का वर्षा हुन सक्ने अनुमान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर