नेदरल्यान्ड्सलाई पराजित गर्दै बंगलादेश सुपर-८ मा सम्भावना

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा दोस्रो जित निकाल्ने क्रममा बंगलादेश नेदरल्यान्ड्सविरुद्ध २५ रनको जित निकालेको छ । बिहीबार किंग्सटाउनमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १६० रनको लक्ष्य पछ्याउने क्रममा डच टिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३४ रनमात्र बनाएको हो ।

डच टिमका साइब्रान्ड एंगलब्रेटले ३३ रन बनाए । विक्रमजित सिंहले २६, कप्तान स्कट एड्वार्ड्सले २५, माइकल लेभिटले १८, आर्यन दत्तले १५ र म्याक ओ‘डोडले १२ रन थपे । बंगलादेशका रिसाद हुसैनले तीन विकेट लिए । तक्षिन अहमेदले दुई विकेट लिँदा मुस्ताफिजुर रहमान, तान्जिन हसन सान्टो र महमुदुल्लाहले समान एक विकेट हात पारे । डच टिमका साइब्रान्ड एंगलब्रेटले ३३ रन बनाए । विक्रमजित सिंहले २६, कप्तान स्कट एड्वार्ड्सले २५, माइकल लेभिटले १८, आर्यन दत्तले १५ र म्याक ओ‘डोडले १२ रन थपे । बंगलादेशका रिसाद हुसैनले तीन विकेट लिए । तक्षिन अहमेदले दुई विकेट लिँदा मुस्ताफिजुर रहमान, तान्जिन हसन सान्टो र महमुदुल्लाहले समान एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको बंगलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५९ रनको योगफल खडा गरेको थियो । वर्षाका कारण करिब आधा घण्टा ढिलो सुरु भएको खेलमा साकिब अल हसनले सर्वाधिक ६४ रन बनाए । उनले ४५ बलमा नौ चौका प्रहार गरे । तान्जिन हसनले ३५ रन थप्दा महमदुल्लाहले २५ र जाकेर अलीले १४ रन थपे । नेदरल्यान्ड्सका आर्यन दत्त र पाउल भान मिकेरेनले समान दुई विकेट लिए । टिम प्रिंगलले एक विकेट हात पारे । जितसँगै तीन खेलबाट चार अंक जोडेको बंगलादेशले सुपर–८ को सम्भावना बलियो बनाएको छ । बंगलादेश तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट दुई अंक जोडेको नेदरल्यान्ड्स तालिकाको तेस्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर