अजित डोभाल पुनः भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त

काठमाडौं । भारतका जेम्स बोन्ड अर्थात् अजित डोभाल पुनः भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीकोे मन्त्रिपरिषद् बैठकले सुरक्षाविद् डोभाललाई जुन १० गतेदेखि लागू हुनेगरी राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
डोभाललाई विशेषगरी पाकिस्तानी सेनाले समर्थन गरेका आतंकवादी संगठनहरूको सञ्जाललाई ध्वस्त बनाउने एक सक्षम योजनाकारको रूपमा लिइन्छ । डोभालकै सुरक्षा योजनाअनुसार भारत प्रसाशित जम्मूकाश्मीरमा भारतीय सुरक्षा फौज सीमापारी आतंकवादी कार्यलाई निःस्तेज बनाउन सफल मानिन्छन् । पाकिस्तानमा आतंकवादी संगठनहरूले आत्मघाती दस्तालाई तालिम दिन सहयोग गरेको सम्बन्धमा पत्ता लगाउन उनी १० वर्षसम्म पाकिस्तानमा छद्म भेषमा जासूसी कार्य सफल मानिएका चर्चित व्यक्तित्व हुन् । डोभालले भारतको राष्ट्रिय सुरक्षा हितका लागि रुस, युरोप, अमेरिका, मध्यपूर्व, अफ्रिका, चीनलगायत देशहज्ञमा अहं भूमिका निर्वाह गरेका छन् ।
नेपाल र भारतबिचको सुरक्षा व्यवस्थामा चनाखो रहने अजित डोभाल नेपालका राजनीतिक दलका नेताहरूका लागि चिपचित अनुहार हो । सैनिक कूटनीतिका रणनीतिकार डोभालको विगतको कार्य सम्पादनको आधारमा उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले पुनः नियुक्त गरेको पनि भारतीय सञ्चारमाध्यमहरूको भनाइ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर