बालेनलाई झट्का, सटरमा तालाबन्दी नगर्न अन्तरिम आदेश

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामुदायिक विद्यालयले भाडा दिएका सटरहरूमा धमाधम ताला लगाउने निर्देशन दिएपछि त्यसका विरुद्ध अदालतमा मुद्दा दायर गर्दा मेयर साहको ताला लगाउने कार्यमा रोक लगाएको छ ।
उच्च अदालत पाटनले आज विद्यालयमा सटरहरू भाडामा लिएर व्यवसाय गरिरहेकाहरूविरुद्ध ताला लगाउने कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश लेखनाथ पोडेलके एकल इजलासले आज बिहीबार अन्तरिम आदेश जारी गर्दै दुबै पक्षलाई आउँदो असार ७ गते छलफलका लागि बोलाएको छ । महानगरले गत शुक्रबार क्षेत्रपाटीको जुद्धोदय स्कुलसँगै ७ वटा विद्यालयको सटरहरूमा ताला लगाएको थियो । महानगरको उक्त कदमविरुद्ध व्यवसाय गर्न पाउने संवैधानिक हक प्रतिकूल भएकाले तुलसीप्रसाद अगस्तीले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर