रुसी सेनामा भर्ना भएका थप दुई नेपालीको मृत्यु

काठमाडौं ।  रुसी सेनामा भर्ना भएकामध्ये थप दुई नेपालीको मृत्यु भएको छ । रुकुमका बलराम गुरुङ र दैलेखका तेजबहादुर शाहीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको हो । योसँगै रुस-युक्रेन युद्धमा मृत्यु हुने नेपालीको संख्या २५ पुगेको छ ।यस्तै युक्रेनको कब्जामा रहेका पाँच नेपालीको अवस्था अझै अज्ञात रहेको छ । बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतिक पुन र गोरखाका ईश्वर लामिछानेको अवस्था अझै थाहा हुन नसकेको हो ।

सरकारले निरन्तर प्रयास गरे पनि रुसी सेनामा भर्ना भएका नेपाली फिर्ता ल्याउन सकेको छैन भने त्यहाँ कति नेपाली भर्ती छन्, कति घाइते छन् र कतिको मृत्यु भयो भन्ने तथ्याङक रुसी सरकारले नेपाललाई दिएको छैन । नेपाल सरकारले पटक-पटक आग्रह गर्दा पनि रुसले नेपाललाई जवाफ दिन आनाकानी गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर