युभेन्ट्सको नयाँ प्रशिक्षकमा थियागो

काठमाडौं। युभेन्ट्सको नयाँ प्रशिक्षकमा थियागो मोट्टा नियुक्त भएका छन्। युभेन्ट्सले मोट्टासँग तीन वर्षका लागि सम्झौता गरेको जनाएको छ। ‘युभेन्टसजस्तो महान् क्लबको नेतृत्वमा नयाँ अध्याय सुरु गर्न पाउँदा म निकै खुसी छु,’ मोट्टाले भने। गत महिना इटालियन कपको फाइनलमा रेफ्री र अन्य खेलाडीप्रति आपत्ति जनाएको भन्दै मासिमिलियानो एलेग्रीलाई बर्खास्त गरिएको थियो।

एलेग्रीले इन्जुरी समयमा आफूलाई सम्हाल्न सकेका थिएनन्। एक निर्णयमा रिसाएकाउनले आफ्नो ज्याकेट च्याते र रेफ्रीलाई व्यंग्यात्मक रूपमा ताली बजाएका थिए। त्यसैले उनलाई रातो कार्ड देखाइएको थियो। युभेन्ट्सले एटलान्टालाई १–० गोलअन्तरले पराजित गर्दै सिरी ‘ए’ मा तेस्रो स्थान हासिल गरेको थियो। इटालीका लागि खेलेका ब्राजिलमा जन्मेका मोट्टाले पेरिस सेन्ट जर्मेन (पिएसजी) को युवा टोलीबाट आफ्नो कोचिङ करियर सुरु गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर