“अख्तियार, निर्वाचन आयोग र सीआइबीले दुःख दियो”

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिमा अपराधीकरण बढेको बताएका छन्। नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल बैंक लिमिटेडको दशौं केन्द्रीय महाधिवेशनको बुधबार आयोजित उद्घाटन समारोहमा उने भने, ‘राजनीतिमा अपराधीकरण बढेको छ। सहकारी क्षेत्रमा मात्र होइन, अन्य क्षेत्र पनि अपराधीकरण छ। अनावश्यक रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, प्रहरीको सीआइबीले दुःख दिने काम गरिरहेका छन्। दल फुटाउन सक्रिय छन्। यस्ता अपराधीकरण थुप्रै बढिरहेको छ ।’
डा. कोइरालाले कांग्रेसलाई सरकारमा जाने हतारो नभएको उल्लेख गर्दै भने, ‘हामी विपक्षमा नै बस्ने हो। सरकारमा जाने कुनै सोच छैन। अन्य दलजस्तो हामीलाई हतारो छैन। आउने भए त्यसै आउँछ। कोशिश गरेर मरिहत्ते गरेर कांग्रेस सरकारमा जाँदैन।’

उनले राजनीति र सरकारको स्थिरता बिना आर्थिक विकास र सुशासन कायम नहुने भएकाले स्थिर सरकार बनाउन संविधान परिवर्तन गर्नुपर्नेमा जोड दिए। नेपाल दुई ठूला देशकोबीचमा वा जियोपोलिटिक्सको प्रभावमा रहेकाले स्थिर सरकार अत्यावश्यक भएको उनको भनाइ छ। अर्को प्रसंगमा डा. कोइरालाले संसदबाट बाफिया ऐन आउन लाग्न लागेको उल्लेख गर्दै एउटै व्यक्ति बैंकर्स, बीमाको मालिक, व्यवसायी, उद्यमी हुन नसक्ने एवं लोकतान्त्रिक समेत नहुने भएकाले यसलाई परिमार्जन गरेर जानुपर्ने औंल्याए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर