दक्षिण कुवेतमा आगलागीमा १५ जनाको मृत्यु, ५ नेपालीले झ्यालबाट हाम्फालेर ज्यान जोगाए

काठमाडौं । दक्षिण कुवेतको मंगाफ शहरस्थित एक ६ तले भवनमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हने १५ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा १० जना भारतीय र पाँचजना मलेसियन रहेको कुवेतका मिडियाहरूले जनाएको छ । मृत्यु हुनेमा अधिंकाश दक्षिण भारतका नागरिक रहेका छन् ।

आगलागी भएको भवनमा १९५ जना विदेश कामदार राखिएको थियो । त्यहाँ बस्ने कामदार अधिकांश भारतको केरला, तमिलनाडु र उत्तर भारतका रहेको जनाइएको छ । एक अपुष्ट समाचारअनुसार उक्त आगलागीका घटनामा ५ जना नेपालीले झ्यालबाट हाम्फालेर ज्यान जोगाएको बताइएको छ । जसमा शिवगुञ्ज–झापाका दोर्जे लामा, सिराहाका शिवशंकर पासवान, दिनेशकुमार मण्डल, सन्तोषकुमार गोटी र जाकिर नदप रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर