लगातार तीन दिनदेखि शेयर बजारमा हरियाली

काठमाडौं । गत सोमबारदेखि बढ्न थालेको नेप्से परिसूचक लगातार तेस्रो दिन पनि बढेको छ । आज बुधबार नेप्से परिसूचक ६.३७ अंक बढेर २१२१.६२ विन्दुमा पुगेको छ । १३ समूहमध्ये बुधबार समूहको शेयर बढेको छ । नेप्सेसँग बुधबार शेयर कारोबार पनि पनि उत्साह कायमै देखिएको छ । आज ५ अर्ब ८९ करोड ४० लाख रुपैयाँको १ करोड २९ लाख कित्ता शेयर खरिदबिक्री भएको छ ।

हिजो नेप्से परिसूचक ३३.१५ अंकले बढेर २१ सय बिन्दुमाथि पुगेको थियो । हिजो शेयर बजार नेप्से परिसूचक २ हजार १ सय १५.२४ विन्दुमा उक्लिएको बन्द भएको थियो । जेठ १४  गते नेप्से परिसूचक २१ सय विन्दुमाथि रहेकोमा त्यसयता निरन्तर घट्दै गएको नेप्सेले पुन: सकारात्मक सर्किट लगाएको हो । सोमबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ८.९० अंकले बढेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर