कश्मीरमा आतंकवादी आक्रमण

काठमाडौं ।  पछिल्लो ३ दिनमा कश्मीरमा आतंकवादीले तेस्रो आक्रमण गरेका भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख छ । हिजो राति, आतंकवादीहरूले जम्मू कश्मीरको डोडामा सेनाको चौकीमा आक्रमण गरेका थिए। आतंककारी र सुरक्षाकर्मीबीच भिडन्त भइरहेको प्रहरीले जनाएको छ । भिडन्तमा गोली लागेर पाँच सैनिक र एक एसपीओ (विशेष प्रहरी अधिकृत) घाइते भएका छन् ।

घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ, उनीहरुको अवस्था स्थिर रहेको बताइएको छ । कठुआ जिल्लामा आतंकवादीहरूले गरेको गोलीबारीमा एक व्यक्तिको मृत्यु भएको र दुई जना घाइते भएको केही घण्टापछि यो हमला भएको हो। तीन दिन अघि आतंकवादीहरुले तीर्थयात्री बोकेको बसमा हमला गरेका थिए। उक्त बस खाडलमा खसेको थियो । हमलाबाट नौ यात्रुको मृत्यु हुनुका साथै ४० भन्दा बढी घाइते भएका थिए । (तस्बिरः फाइल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर