सङ्खुवासभा पहिरोले पुरिएर एक मजदुरको मृत्यु

काठमाडौं । सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । हिजो मङ्गलबार राति परेको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ । उनीहरू निदाएका बेला पहिरो खसेको थियो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटामध्ये ३ वटा कोठा पुरिएका छन् ।

स्याङजामा रूखबाट लडेर एक महिलाको मृत्यु

स्याङजामा रूखबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका वडा नं।७ साँखर बस्ने वर्ष ३५ की सिर्जना ढकाल रहेको प्रहरीले जनाएको छ । बुधबार बिहान घर नजिकै बारीमा पिपलको रूखमा घाँस काटन गएकी ढकाल रूखबाट खस्दा घाइते भएकी थिइन् । घाइते ढकाललाई स्थानीय र प्रहरीले तत्कालै उद्धार गरी उपचारका लागि पाल्पाको रामपुर अस्पतालमा पठाइएकोमा उपचारको क्रममा बिहान मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय स्याङजाका सूचना अधिकारी इन्द्रबहादुर रानाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर