जसपा नेपाल महाधिवेशन : अध्यक्षमा उपेन्द्र यादव दोहोरिने निश्चित

काठमाडौं ।  जनता समाजवादी पार्टी जसपा नेपालको एकता महाधिवेशनमा अध्यक्षमा उपेन्द्र यादव दोहोरिने निश्चित भएको छ । यादव आफैँ नै अध्यक्षका लागि पार्टी नेताहरूले साथ दिएको बताउँदै आएकाेबेला पार्टी स्रोतका अनुसार यादव पुनः अध्यक्षमा दोहोरिन सबैले साथ दिएका छन् ।

महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय कमिटी र २० सदस्यीय पदाधिकारी निर्वाचित हुने जसपा प्रवत्ता मनिस सुमनले जानकारी दिए । उनका अनुसार अध्यक्ष– १, सहअध्यक्ष– १, उपाध्यक्ष– ५, महासचिव– २, उपमहासचिव– ३, सचिव– ७ र कोषाध्यक्ष– १ जना चयन हुने छन् ।

जसपा नेपालको महासचिव पदमा नेकपा माओवादी केन्द्र छाडेर जसपा नेपालमा प्रवेश गरेका पूर्व सांसद रामकुमार शर्माले उम्मेदवारी दिएका छन् । यस्तै, सह–अध्यक्षमा राजकिशोर यादव र लालबाबु राउत दाबेदार रहेका छन् । गत वैशाख २३ गते अशोक राईले पार्टी फुटाएपछि उपेन्द्र यादव ५ सांसदसहित प्रतिनिधि सभामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर