अमलेखगञ्जको नेपाल बिटुमिन तथा ब्यारल उद्योगमा आगलागी

काठमाडौं । बाराको अमलेखगञ्जमा रहेको नेपाल बिटुमिन तथा ब्यारल उद्योगमा मंगलबार भएको आगलागीबाट कच्चा पदार्थसहित करोडौँको क्षति भएको छ । बिद्युत सर्ट भई भएको आगलागीबाट करिब तीन करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको उद्योगका लेखापाल ज्ञान भरोसीप्रसाद गुप्ताले जानकारी दिए ।

आगो नेपाल आयल निगम अमलेखगञ्ज, जीतपुरसिमरा र वीरगञ्ज उपमहानगर, हेटौंडा नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो । घटनापछि जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले आगलागी स्थलको निरीक्षण गरेका थिए । यसैबीच उद्योगका प्रवन्धक अशोक श्रेष्ठले च्याम्बर तताउन हिटिङ फायरिङ गर्नेक्रममा भएको आगलागीबाट ५ करोड बढीको क्षति पुगेको बताए । उद्योगमा २२ कर्मचारी कार्यरत छन् । सडक पिच गर्ने बिटुमिन भारतबाट ल्याएर उद्योगले कार्य गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर