नेप्समा ३३.१५ अंकको वृद्धि

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३३.१५ अंकले बढेर दुई हजार एक सय १५ दशमलब २४ विन्दुमा बन्द भएको हो ।  नेप्सेमा आज ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २०३ वटाको बढेको छ भने ४१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  नेप्सेका अनुसार आज छ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा बरुण हाइड्रोपावर लिमिटेड, ग्रिन भेञ्चर लिमिटेड, कुथेली बुखेरी स्मल हाइड्रोपावर लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र  एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड रहेका छन् ।  आज सामलिङ पावर कम्पनी लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ५.८१ प्रतिशतले घटेको छ । सबैभन्दा बढि एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३६ करोड ३० लाख बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर