मध्य तथा पश्चिमी तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना

काठमाडौं । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएको जनाएको छ । देशभरको तापक्रमको अवस्थाको विश्लेषण गर्दा गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न र आवश्यक सतर्कता अपनाउन अनुरोध छ। देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा आगामी ३ दिन (२०८१ जेठ २९ गते देखि २०८१ जेठ ३१ गते) सम्म तातो हावा (हिट विन्ड) तथा तातो लहर हिट वेभ) को सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको महाशाखाद्वारा आज मंगलबार बिहान ११ बजे जारी गरेको मौसमसम्बन्धी बुलेटिनमा
उल्लेख छ ।

महाशाखाको सम्भावित असर तथा सुझावहरू निम्न प्रकारको छः–

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न निम्न उपायहरू अपनाउन हुन अनुरोध छ ।

उपायहरूः

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने ९घाममा बढी भ्हउयकभ नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक(पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत अनुरोध छ। यस महाशाखाबाट दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोही नुसार नियमित रूपमा अद्यावधिक गरिनेछ । तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुनसमेत अनुरोध छ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर